विश्वकप छनौट खेल्ने ब्राजिलको टोली घोषणा : को–को परे ?

एजेन्सी, फागुन २३
ब्राजिलको राष्ट्रिय फुटबल टोलीले सन् २०२२ मा हुने कतार विश्वकप फुटबलका दक्षिण अमेरिकी क्षेत्रको छनौट खेल खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । आज प्रशिक्षक टिटेले २४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

सार्वजनिक टोलीमा प्रमुख गोलकिपर एलिसन बेकर चोटका कारण समेटिएका छैनन् भने भेट्रान डिफेन्डर ड्यानी आल्भेस टोलीमा फर्किएका छन् । त्यस्तै, घरेलु टोली फ्लामेन्गोका स्टार फरवार्ड ग्याब्रिएल बार्बोसालाई पनि टोलीमा राखिएको छ ।

टोलीमा स्टार खेलाडीहरू नेइमार, फिलिपे कोउटिन्हो, ग्याब्रिएल जेसस, कासेमिरो, अर्थुर, फाविन्हो, थियागो सिल्भा, इडर मिलिटाओ, एलेक्स सान्ड्रो, ड्यानिलोलगायत खेलाडी परेका छन् । गोलकिपरमा म्यानचेस्टर सिटीका इडर्सन परेका छन् ।

यस्तो छ पूर्ण टोली :

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार २१:४४
Loading...