युइएफए नेसन्स लिगको समूह चरणको ड्र सार्वजनिक : कसको भिडन्त कोसँग ?

काठमाडौं, फागुन २०
युरोपमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूलाई प्रतियोगितात्मक ढाँचामा ढालेर दुई वर्ष अघिबाट खेलाउन थालिएको युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको ड्र सार्वजनिक भएको छ । युइएफएले प्रतियोगिताको दोस्रो संस्करणका लागि आज ९मंगलबार राति० नेदरल्यान्ड्सको राजधानी एम्सटर्डम सहरमा एक सभाबीच ड्र सार्वजनिक गरिएको हो ।

यो प्रतियोगिता सन् २०१८ को सेप्टेम्बरबाट सुरु भएको थियो । प्रतियोगिता सुरु भएको एक वर्षपछि २०१९ को जुनमा पोर्चुगलमा भएको फाइनल खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले हराएर पहिलो संस्करणको उपाधि जितेको थियो ।

प्रतियोगितामा युरोपका सबै ५५ वटै देशले प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार सबै देशले खेल्नेछन् । ५५ देशलाई सबैभन्दा पहिला चार लिगमा बाँडिएको छ । जसमा लिग ‘ए’, लिग ‘बी’, लिग ‘सी’ र लिग ‘डी’ गरी चार लिग छन् । त्यसमा लिग ‘ए’, लिग ‘बी’, लिग ‘सी’ मा समान १६–१६ देश छन् भने लिग ‘डी’ मा ७ देश छन् । त्यसपछि ४–४ देशलाई समेटिएर १३ समूह बनाइएको छ भने अन्तिम एक समूहमा भने तीन देशलाई राखिएको छ ।

यसपटक सार्वजनिक ड्र अनुसार साबिक विजेता पोर्चुगल समूह–३ मा परेको छ । उसले सो समूहमा फ्रान्ससँग सामना गर्नुपर्नेछ । त्यस्तै, उसका प्रतिस्पर्धी स्वीडेन र क्रोएसिया हुनेछन् । यता, स्पेन भने समूह–४ मा परेको छ । सो समूहमा स्पेन र जर्मनीको रोमाञ्चक खेल हेर्न पाइनेछ । स्वीट्जरल्यान्ड र युक्रेन अन्य प्रतिस्पर्धी हुन् ।

समूह–२ मा इंग्ल्यान्ड र बेल्जियमजस्ता बलिया टोली परेका छन् । सो समूहमा डेनमार्क र आइसल्यान्ड छन् । यता, समूह–१ मा साबिक उपविजेता नेदरल्यान्ड्ससँगै इटाली, बोस्निया एन्ड हर्ज गोभिना र पोल्यान्ड परेका छन् ।

यसपटक प्रतियोगिता आगामी सेप्टेम्बरबाट सुरु हुनेछन् । समूह चरणअन्तर्गत पहिलो राउन्डका खेलहरू सेप्टेम्बर ३ देखि सेप्टेम्बर ५ का बीचमा हुनेछन् ।

हेरौं पूरा ड्र :

समूहका आधारमा ड्र :

League A

Group 1: Poland, Bosnia & Herzegovina, Italy, Netherlands

Group 2: Iceland, Denmark, Belgium, England

Group 3: Croatia, Sweden, France, Portugal

Group 4: Germany, Ukraine, Spain, Switzerland

League B

Group 1: Austria, Norway, Northern Ireland, Romania

Group 2: Czech Republic, Scotland, Slovakia, Israel

Group 3: Russia, Serbia, Turkey, Hungary

Group 4: Wales, Finland, Ireland, Bulgaria

League C

Group 1: Azerbaijan, Luxembourg, Cyprus, Montenegro

Group 2: Armenia, Estonia, North Macedonia, Georgia

Group 3: Moldova, Slovenia, Kosovo, Greece

Group 4: Kazakhstan, Lithuania, Belarus, Albania

League D

Group 1: Malta, Andorra, Latvia, Faroe Islands

Group 2: San Marino, Liechtenstein, Gibraltar

प्रकाशित मिति २१ फाल्गुन २०७६, बुधबार ००:०५
Loading...