युरोपा लिगमा अन्तिम १६ मा जाने १६ वटै टोलीको टुंगो : ड्र बारे पूरा जानकारी

काठमाडौं, फागुन १६
युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा अन्तिम ३२ का खेल सकिएर अन्तिम १६ को समीकरण पूरा भएको छ । गत राति अन्तिम ३२ का सम्पूर्ण खेल सकिएपछि अन्तिम १६ पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो ।

यसपटक केही ठूला र उपाधि दाबेदार टिमहरू अन्तिम ३२ बाटै आउट भएका छन् । जसमा इंग्लिस क्लब आर्सनल, डच क्लब आयाक्स, पोर्चुगिज क्लब पोर्टो, स्पोर्टिङ, बेनफिकालगायत राम्रा टिमलाई अब प्रतियोगितामा देख्न पाइनेछैन ।

अन्तिम १६ मा को–को पुगे ?

  1. बासेल (स्वीट्जरल्यान्ड)
  2. कोपेनहागेन (डेनमार्क)
  3. गेटाफे (स्पेन)
  4. इन्टर मिलान (इटाली)
  5. इस्तानबुल बासाकसेहिर (टर्की)
  6. लस्क (अस्ट्रिया)
  7. म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
  8. ओलम्पियाकोस (ग्रीस)
  9. रेङ्गर्स (स्कटल्यान्ड)
  10. रोमा (इटाली)
  11. सेभिल्ला (स्पेन)
  12. शाख्तर डोनेस्टक (युक्रेन)
  13. उल्भ्सबर्ग (जर्मनी)
  14. उल्भ्स (इंग्ल्यान्ड)
  15. बायर लेभरकुसेन (जर्मनी)
  16. फ्रान्कफुर्ट (जमनी) / रेड बुल (अस्ट्रिया)

ड्र कहिले र कुन समयमा :

अन्तिम १६ को ड्र आज (शुक्रबार) स्वीट्जरल्यान्डको नियोनस्थित युइएएफको केन्द्रीय कार्यालयमा हुँदैछ । ड्र नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार १०:०१
Loading...