च्याम्पियन्स लिगबाट आउट भएको इन्टर मिलान युरोपा लिगको अन्तिम १६ मा प्रवेश

काठमाडौं, फागुन १६
केही समयअघि युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम ३२ बाटै आउट भएको इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा मिलानले पाहुना टोली लुडोगोरेट्जलाई २–१ ले हरायो ।

यससँगै मिलान समग्रमा ४–१ को प्रभावशाली जितसहित प्रतियोगिताको नकआउट चरण पुग्न पनि सफल भयो । आफ्नो घरमा मिलानविरुद्ध पाहुना टोली लुडोगोरेट्जाका लागि २६औं मिनेटमा काउली ओलिभेरिया सोउजाले गोल गरेका थिए ।

तर, त्यसपछि मिलान खेलमा फर्कियो । ३१औं मिनेटमा मिलानका लागि क्रिस्टियानो बैराघीले गोल गरेर खेल १–१ बनाए । फेरि पहिलो हाफको इन्जुरी समयमा मिलानका लागि रोमेलु लुकाकुले गोल गरेपछि मिलान २–१ ले अघि भयो । दोस्रो हाफमा दुवै टोलीबाट गोल भएपछि मिलानले खेल समग्रमा ४–१ ले जित्यो ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार ०९:०२
Loading...