आर्सनल युरोपा लिगबाट आउट : पोर्टो र बेनफिका पनि स्तब्ध

काठमाडौं, फागुन १६
इंग्लिस क्लब आर्सनल जारी सिजन युरोपा लिग फुटबलबाट आउट भएको छ । गत राति आफ्नो घरमा भएको अन्तिम ३२ का दोस्रो लेगको खेलमा ओलम्पियाकोससँग १–२ ले पराजित भएपछि आर्सनल प्रतियोगिताबाटै आउट भएको हो ।

अघिल्लो लेगमा आर्सनलले ओलम्पियाकोसलाई उसकै घरमा ०–१ ले हराए पनि आफ्नो घरमा भएको दोस्रो लेग १–२ ले हारेपछि समग्रमा २–२ को बरारबी भए पनि आर्सनललाई अवे गोलमा पछि पार्दै ओलम्पियाकोस अन्तिम १६ मा प्रवेश गरेको हो ।

गत राति आर्सनलको घरमा पाहुना टोली ओलम्पियाकोसले खेलको ५३औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो । सो गोलपछि निर्धारित ९० मिनेटको खेल सकिँदा एग्रीगेटमा १–१ भएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो ।

त्यसपछि थपिएको समयको दोस्रो हाफमा ११३औं मिनेटमा आर्सनलका लागि अउबामेयाङले गोल गरेर आर्सनललाई जिततर्फ अघि बढाएका थिए । तर, ११९औं मिनेटमा ओलम्पियाकोसका लागि युसुफ इएल अरबीले गोल गरेपछि आर्सनल स्तब्ध बन्यो । अन्तिम समयमा गोल गर्दै ओलम्पियाकोसले खेल समग्रमा २–२ बनाएपछि आर्सनल अवे गोलमा पछि परेर प्रतियोगिताबाटै आउट भयो ।

गत राति नै भएका अन्य खेलमा पोर्चुगिज क्लब बेनफिका शाख्तर डोनेस्टकसँग समग्रमा ४–५ ले हार्दै प्रतियोगिताबाट आउट हुँदा पोर्चुगलकै क्लब पोर्टो जर्मन क्लब बायरसँग समग्रमा २–५ ले हार्दै आउट भयो । त्यस्तै, स्पेनिस क्लब इस्पान्योल इंग्लिस क्लब उल्भ्ससँग समग्रमा ३–६ ले पराजित हुँदै प्रतियोगिताबाट आउट भयो ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार ०८:४५
Loading...