च्याम्पियन्स लिगपछि आयाक्स युरोपा लिगबाट पनि आउट

काठमाडौं, फागुन १६
गत सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनालिस्ट डच क्लब आयाक्स यो सिजन युरोपका दुवै प्रतियोगिताबाट आउट भएको छ । केही समयअघि मात्रै च्याम्पियन्स लिगको अन्तिम ३२ बाटै आउट भएको ऊ युरोपा लिग फुटबलमा पनि अन्तिम ३२ बाटै आउट भएको छ ।

गत राति भएको अन्तिम ३२ को दोस्रो लेगको खेल आयाक्सले आफ्नो घरमा स्पेनिस क्लब गेटाफेलाई २–१ ले हराए पनि आयाक्स समग्रमा २–३ ले पराजित हुँदै प्रतियोगिताबाट आउट भएको हो । यसअघि गेटाफेको घरमा भएको पहिलो लेगमा आयाक्स २–० ले हारेको थियो ।

आयाक्सले आफ्नो घरमा गेटाफेसँग खेल सुरु भएको ५ मिनेटमै गोल खाएको थियो । सो गोल मिजी माटाले गरेका थिए । तर, १०औं मिनेटमा आयाक्सका लागि ड्यानिलोले गोल गरेर खेल बराबी बनाए । त्यसपछि खेलको ६३औं मिनेटमा आयाक्सले उपहार गोल पाएर खेलमा २–१ को अग्रता लियो ।

सो गोलपछि अन्तिम १६ मा जान थप २ गोल आवश्यक परेका बेला आयाक्सले गोल निकाल्न नसक्दा दोस्रो लेग जिते पनि आयाक्स समग्रमा २–३ ले स्तब्ध हुँदै प्रतियोगिताबाट आउट हुन पुग्यो ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार ०८:०२
Loading...