मेस्सीलाई च्याम्पियन्स लिगमा प्रतिबन्धको खतरा

काठमाडौं, फागुन १५
मंगलबार युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग अवे मैदानमा १–१ को बराबरी खेल्यो । १ अवे गोलको फाइदा बोकेको बार्सिलोनाले अब मार्च १८ तारिखमा आफ्नो घरमा दोस्रो लेगको खेल खेल्नेछ ।

सो खेल बार्सिलोनाका कप्तान लिओनल मेस्सीका लागि भने जोखिमपूर्ण हुनेछ । नापोलीविरुद्धको खेलमा एक पहेंलो कार्ड पाएका मेस्सीले यदि क्याम्प नोउमा हुने दोस्रो लेगमा पहेंलो कार्ड पाए मेस्सीमाथि एक खेलमा प्रतिबन्ध लाग्नेछ ।

बार्सिलोनाको घरमा मेस्सीले पुनः कार्ड पाए र बार्सिलोना अन्तिम आठमा प्रवेश गरे मेस्सीले क्वार्टरफाइनलमा हुने खेलमा प्रतिबन्ध लाग्नेछ, जुन उपाधि होडमा रहेको बार्सिलोनाका लागि कठिन हुन सक्छ । मेस्सीले जारी सिजन च्याम्पियन्स लिगमा कूल ६ खेलबाट २ गोल गरेका छन् । गत सिजनको सर्वाधिक गोलकर्ता उनले १२ गोल गरेका थिए ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार २१:१९
Loading...