युभेन्टस र इन्टर मिलानको खेल बन्द रंगशालामा खेलाइने

काठमाडौं, फागुन १५
इटालियन सिरी ए लिग फुटबलमा युभेन्टस र इन्टर मिलानबीच हुने यो सिजनको दोस्रो खेल बन्द रंगशालामा खेलाइने भएको छ । आइतबार हुने सो खेल दर्शकबिनै खेलाउन लागिएको हो । विश्वव्यापी रूपमा संक्रमणका रूपमा फैलिरहेको कारोना भाइरसको संक्रमण फैलिन सक्ने खतराबीच लिगका केही खेल बन्द रंगशाालमा खेलाउन लागिएको हो ।

मिलान र युभेन्टसाहेक उडिनेस र फियोरेन्टिना, एसी मिलान र जेनोआ, पार्मा र एसपिएल तथा सासुओलो र ब्रेसियाबीचको खेल पनि बन्द रंगशालामै खेलाइनेछ । यी खेलअघि शनिबार हुने चार खेल भने सधैंझैं दर्शकसहितका रंगशालामा हुनेछन् ।

कोरोना भाइरस संक्रमणको भयकै कारण युरोपा लिग फुटबलमा पनि केही खेल तालिका परिवर्तन भएका छन् । जसमा इन्टर मिलान र लुडो गोरेट्जाको पनि खाली रंगशालामै हुँदैछ ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार १६:२९
Loading...