रियल भर्सेस सिटी : पहिलो हाफमा बराबरी

काठमाडौं, फागुन १५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को पहिलो लेगको खेलमा अहिले स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीको खेल जारी छ । रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जारी खेलको पहिलो हाफमा ०–० को बराबरीमा सकिएको छ ।

पहलो हाफमा दुवै टोलीले गोलका लागि राम्रा अवसर बनाउन सकेनन् । बल घरेलु टोली रियलले बढी आफ्नो पक्षमा राखे पनि आक्रमण बढी पनि सिटीले गरेको थियो । रियलले कूल ३ आक्रमण गर्दा एक प्रहार टार्गेटमा हानेको थियो भने सिटीले ५ प्रहारमा २ टार्गेटमा हानेको थियो पहिलो हाफको अन्तिम समयमा रियल मुस्किलले गोल खानबाट बचेको थियो । यता, सिटीको पोस्टमा रियलले ठूलो आक्रमण नै बुन्न सकेन ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार ०२:३५
Loading...