पहिलो हाफमा युभेन्टस लियोनसँग १–० ले पछि !

काठमाडौं, फागुन १५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को पहिलो लेगको खेलमा अहिले फ्रेन्च क्लब लियोन र इटालियन क्लब युभेन्टसको खेल जारी छ । लियोनको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोली लियोनले १–० को अग्रता लिएको छ ।

लियोनका लागि खेलको ३१औं मिनेटमा लुकास टोउसर्टले सुन्दर गोल गरेका थिए । उनले एउआरले दिएको क्रस पासमा सहजै गोल गरेका थिए । उनको प्रहार युभेन्टसका गोलकिपरले रोक्न मौकासमेत पाएनन् ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार ०२:३०
Loading...