‘बार्सिलोनासँग दोस्रो लेग खेल्न जाँदा नापोलीले हेल्मेट र आर्मर किन्नेछ’

एजेन्सी, फागुन १४
इटालियन क्लब नापोलीका प्रशिक्षक गेनार्रो गाटुसोले युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनासँगको आधा लडाइँ बाँकी नै रहेको बताएका छन् । अघिल्लो दिन अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा नापोली आफ्नै घरमा पाहुना टोली बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो ।

घरेलु मैदानमा नापोलीले पहिलो हाफमा ड्रिएज मार्टिन्सको शानदार गोलबाट अग्रता लिए पनि दोस्रो हाफमा बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यानले गोल गरेपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो । अब दोस्रो लेगको खेल मार्च १८ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

गत रातिको खेल सकिएपछि गाटुसोले बार्सिलोनासँगको १–१ को नतिजा आफूहरूका लागि सोचेजस्तो नभएको बताउँदै दोस्रो लेगमा निर्णायक संघर्ष हुने बताए । पत्रकारसँग कुरा उनले दोस्रो लेग खेल्न क्याम्प नोउ जाँदा नापोलीले सुरक्षाका लागि टाउकोमा लगाउने ‘हेल्मेट’ र पाखुरामा लगाउने ‘आर्मर’ किन्ने बताए । ‘खेलमा अझै कठिनाइ र चुनौतीहरू छन् । यहाँ उनीहरूले हामीसँग अराजक ढंगले खेले । तर, हामी संयमित थियौं,’ गाटुसोले भने, ‘दोस्रो लेग खेल्न बार्सिलोनाको घरमा जाँदा नापोलीले हेल्मट र आर्मर किन्नेछ ।’

सो खेलमा बार्सिलोनाका तर्फबाट कूल ११ फउल भएका थिए भने नापोलीले ७ फउल गरेको थियो । नापोलीले कूल ७ पहेंलो कार्ड पाउँदा बार्सिलोनाले एक रातो कार्डसहित ११ पहेंलो कार्ड पाएको थियो । खेल दौरान बार्सिलोनाको फउलमा परेर नापोलीका २ जना खेलाडी घाइते भएका थिए । गोलकर्ता मार्टिन्सले खराब ट्याकलमा परेर चोट बोकेपछि खेल्न नसकेर ५४औं मिनेटमै मैदान छाडेका थिए ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार २१:३६
Loading...