पिएसजीमा काभानीले रचे इतिहास

काठमाडौं, फागुन १२
फ्रेन्च क्लब पिएसजीका उरुग्वेन फरवार्ड इडिसन काभानीले क्लबको इतिहासमै नयाँ कीर्तिमान बनाएका छन् । उनी अब पिएसजीको इतिहासमै २०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् गत राति आफ्नो घरमा बोर्डेक्सलाई ४–३ ले हराउनेक्रममा १ गोल गरेपछि पिएसजीका लागि काभानीले २०० गोल पूरा गरेका हुन् ।

काभानीले टिम पछि परेका बेला खेलको २५औं मिनेटमा हेडिङमार्फत् सुन्दर गोल गरेका थिए, जुन उनका लागि पिएसजीको जर्सीमा २००औं गोल थियो । सन् २०१३ देखि लगातार पिएसजीमा खेलिरहेका ३३ वर्षीय काभानीले ७ वर्षको बीचमा २०० गोल पूरा गरेका हुन् ।

पिएसजीका लागि २०० गो पूरा गर्नेक्रममा काभानीले कूल २९८ खेल खेलेका छन् । यसअघि पिएसजी क्लबको इतिहासमा कुनै पनि खेलाडीले २०० गोल पूरा गरेका थिएनन् ।

जारी सिजन काभानीले कूल १८ खेलबाट ७ गोल गर्दै २ गोलमा असिस्ट गरेका छन् । गत समरमा पिएसजीले इटालियन क्लब इन्टर मिलानबाट माउरो इकार्डी अनुबन्ध गरेपछि काभानीले मैदानमा ज्यादै कम मात्रै समय पाइरहेका छन् ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १०:३७
Loading...