प्रिमियर लिग : आर्सनलले एभर्टनलाई हरायो

प्रिमियर लिग ः आर्सनलले एभर्टनलाई हरायो
काठमाडौं, फागुन १२
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको लिगको २७औं खेलमा आर्सनलले पाहुना टोली एभर्टनलाई ३–२ ले निराश बनायो ।

आर्सनललाई घरेलु मैदानमा महत्त्वपूर्ण जित दिलाउनेक्रममा पियरे इमरिक अउबामेयाङले २ गेल गरे भने इडे केटिहाले १ गोल गरे । पाहुना टोली एभर्टनले खेल सुरु भको पहिलो मिनेटमै आर्सनलविरुद्ध गोल गरेको थियो । सो गोल डानोमिक कल्भर्ट लेविनले गरेका थिए ।

त्यसपछि खेलको २७औं मिनेटमा आर्सनलका लागि युवा फरवार्ड केटिहले शानदार गोल गरेर खेल बराबरी गरे । लगत्तै ३३औं मिनेटमा अउबामेयाङले गोल गरेर खेल २–१ बनाए पनि पहिलो हाफको इन्जुरी सयममा एभर्टनका लागि युवा फरवार्ड रिचार्लिसनले गोल गरेर खेल २–२ बनाए ।

तर, दोस्रो हाफ सुरु हुनासाथ आर्सनलले खेलमा अग्रता लियो । अउबामेयाङले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल ३–२ ले अघि रह्यो । र, बाँकी समयभरि दुवै टोलीबाट थप गोल नभएपछि खेल आर्सनलले जित्यो ।

अब यो जितसँगै आर्सनलले २७ खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा चढेको छ । पराजित एभर्टन ३६ अंकसहित ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ००:२१
Loading...