रोनाल्डोको गोलमा पहिलो हाफमा युभेन्टसलाई अग्रता

काठमाडौं, फागुन १०
इटालियन सिरी ए लिग फुटबलमा अहिले लिग लिडर युभेन्टस र एसपिएलको खेल जारी छ । एसपिएलको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली युभेन्टसले ०–१ को अग्रता लिएको छ ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३९औं मिनेटमा जुआउन काउडराडोको क्रसमा वान टचमै बुलेट प्रहारमा गोल गरेका थिए । ३५ वर्षीय रोनाल्डो आज सिनियर टोलीका लागि करिअरको १०००औं खेल खेलिरहेका छन् ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार २३:३२
Loading...