बुन्डेसलिगा : डर्टमुन्डको जितमा हल्यान्डको लगातार गोल

काठमाडौं, फागुन १०
युवा स्टार अर्लिङ हल्यान्डले लगातार गोल गर्दा जर्मन क्लब बोरुसिया डर्टमुन्डले घरेलु लिग बुन्डेसलिगामा सहज जित निकालेको छ । शनिबार राति भएको लिगको २३औं खेलमा डर्टमुन्डले अवे मैदानमा वेर्डरलाई ०–२ ले निराश बनायो ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टोलीबाट गोल भएन । तर, दोस्रो हाफमा पाहुना टोली डर्टमुन्डले गोल हान्यो । ५२औं मिनेटमा डर्टमुन्डका लागि डान–एक्सेल जागाडोउले शानदार गोल गरेर डर्टमुन्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसछि खेलको ६६औं मिनेटमा डर्टमुन्डका लागि युवा स्टार हल्यान्डले वान टच भलीमा सुन्दर गोल गरेपछि खेलमा डर्टमुन्डले ०–२ को अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल डर्टमुन्डले जित्यो ।

यो जितसँगै डर्टमुन्ड लिगको दोस्रो स्थानमा पनि चढेको छ । डर्टमुन्डले २३ खेलबाट ४५ अंक जोडेको छ । एक खेल कम खेलेको लेइपजिगलाई गोलअन्तरमा पछि पार्दै डर्टमुन्ड दोस्रो स्थानमा चढेको हो । पराजित वेर्डर १७ अंकसहित १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार २२:१५
Loading...