एसपिएलविरुद्ध भिड्ने युभेन्टसको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, फागुन १०
इटालियन सिरी ए लिगमा राति १०ः४५ बजेबाट २५औं साताको खेलमा एसपिएल र युभेन्टसको खेल हुँदैछ । लिगको २०औं स्थानको एसपिएल यो खेलका लागि लिग लिडर युभेन्टसलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

सो खेलका लागि युभेन्टसको सुरुआती टोली घोषणा गरेको छ । यसअघि ब्रेसियाविरुद्ध आराम दिइएका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आज यस खेलमा सुरुआतबाटै मैदान उत्रिँदैछन् । त्यस्तै, आक्रमण लाइनमा रोनाल्डोलाई पाउलो डिबाला र जुआन काउडराडोले साथ दिनेछन् । यस्तो छ युभेन्टसको टोली –

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार २१:५६
Loading...