प्रिमियर लिगमा आज ६ खेल हुँदै : चेल्सी र टोटनह्यामको रोमाञ्चक भिडन्त आजै

काठमाडौं, फागुन १०
इंग्लिस प्रिमियर लिग फुटबलमा आज एकै दिन ६ खेल हुँदैछन् । लिगको २७औं साताअन्तर्गत आज ६ खेल हुन लागेका हुन् । आज हुने खेलमध्ये सबैभन्दा आकर्षणको खेलमा टप–४ को दौडमा रहेका चेल्सी र टोटनह्यामको भिडन्त रोमाञ्चक हुनेछ ।

सिजनको दोस्रो लेगको खेल खेल्न चेल्सीले आज टोटनह्यामलाई आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रीजमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु हुनेछ । यसअघि भएको सिजनको पहिलो लेगको खेलमा चेल्सीले टोटनह्यामलाई उसकै घरमा ०–२ ले हराएको थियो ।

आज आफ्नो घरमा उत्रिँदा चेल्सी टोटनह्याममाथि लगातार दोस्रो जितको खोजीमा हुनेछ भने टोटनह्याम चेल्सीसँग अघिल्लो हारको बदला लिने दाउमा हुनेछ । तर, आज अवे मैदानमा उत्रिँदा टोटनह्यामको टोलीमा २ जना प्रमुख फरवार्ड छैनन् । चोटका कारण ह्यारी केन र सन हेङ–मिन दुवै टोलीबाहिर छन् ।

हाल अंक तालिकामा चेल्सी २६ खेलपछि ४१ अंक बनाएर चौथो स्थानमा छ भने टोटनह्याम ४० अंक बनाएर पाँचौं स्थानमा छ । यदि आज टोटनह्याले चेल्सीलाई उसकै घरमा राए उसले चेल्सीलाई २ अंकले पछि पारेर लिगको चौथो स्थानमा चढ्नेछ ।

आजका खेल नेपाली समयमा :

चेल्सी भर्सेस टोटनह्याम – साँझ ६ः१५ बजे

क्रिस्टल प्यालेस भर्सेस न्युक्यास्टल – राति ८ः४५ बजे

बर्नली भर्सेस बोर्नेमाउथ – राति ८ः४५ बजे

सेफिल्ड युनाइटेड भर्सेस ब्राइटन – राति ८ः४५ बजे

साउथह्यामपटन भर्सेस एस्टोन भिल्ला – राति ८ः४५ बजे

लेस्टर सिटी भर्सेस म्यानचेस्टर सिटी – राति ११ः१५ बजे

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ११:०७
Loading...