युरोपियन गोल्डेन बुट दौड : यस्तो छ ताजा अवस्था

काठमाडौं, फागुन ९
जारी सिजन युरोपियन गोल्डेन बुटमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । ताजा अवस्थामा इटालियन क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइल युरोपको टप–५ लिगमा कूल २६ गोलसहित सबैभन्दा अगाडि रहेका छन् । सिरी ए लिगमा २४ खेल सकिँदा सबै खेल खेल्दै सिरोले कूल २६ गोल गरेका हुन् । उनले ६ गोलमा असिस्टसमेत गरेका छन् ।

खेलाडीको सर्वाधिक गोल संख्याअनुसार उनीपछि जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्की छन् । उनले २२ खेलबाट हालसम्म कूल २३ गोल गरेका छन् । उनीपछि तेस्रो स्थानमा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । उनले हालसम्म २० खेलबाट २० गोल नै गरेका छन् । चौथो नम्बरमा जर्मन क्लब आरबी लेइपजिगका जर्मन फरवार्ड टिमो वार्नर छन् । उनले २२ खेलबाट कूल २० गोल गरेका छन् ।

कीर्तिमानी छैटौंपटक गोल्डेन बुटे जितेका स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी यो सिजन निकै पछि छन् । ताजा अवस्थामा समग्रमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी १७औं स्थानमा मात्रै छन् । तर, मेस्सी ला लिगाको भने सर्वाधिक गोलकर्ता हुन् । उनले १४ गोल गरेका छन् । युरोपभरिका खेलाडीको सर्वाधिक गोल संख्याअनुसार उनी १७औं स्थानमा रहेका हुन् ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १३:४५
Loading...