नेइमारका पाँच उत्कृष्ट खेलाडीमा परेनन् रोनाल्डो : को–को परे ?

एजेन्सी, फागुन ९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले समकालीन फुटबलमा सक्रिय खेलाडीबाट आफ्ना उत्कृष्ट पाँच खेलाडी छानेका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै बार्सिलोनाका पूर्वखेलाडीले आफ्ना टप–५ खेलाडीको नाम लिँदा २ जना भने बार्सिलोनाकै पूर्वसहकर्मी परेका छन् ।

जसमा नेइमारले सबैभन्दा पहिलो पूर्वसहकर्मी बार्सिलोनाका कप्तान लिओनल मेस्सीको नाम लिएका छन् । बार्सिलोनाकै लुइस स्वारेजलाई पनि नेइमारले आफ्ना उत्कृष्ट पाँच खेलाडीमा राखेका छन् । तर, नेइमारले पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भने उत्कृष्ट पाँचमा राखेका छैनन् ।

त्यत्ति मात्रै हैन, नेइमारको सूचीमा ब्राजिलका कुनै पनि खेलाडी परेका छैनन् । उनले छानेका सबै नाम ब्राजिलभन्दा बाहिरका खेलाडी छन् । उनले लिएको तेस्रो नाममा पिएसजीकै सहकर्मी केलियन एमबाप्पे छन्, जो फ्रान्सका खेलाडी हुन् ।

त्यस्तै, नेइमारले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च खेलाडी पाउल पोग्बालाई पनि मन पर्ने खेलाडीमा लिँदा पाँचौं स्थानमा स्पेनिस रियल मड्रिडका बेल्जियन स्टार इडेन हाजार्डलाई लिएका छन् ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०९:५१
Loading...