रोनाल्डोद्वारा एमबाप्पेको तारिफ– ‘उनी फुटबलको वर्तमान र भविष्य दुवै हुन्’

एजेन्सी, फागुन ८
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पेको तारिफ गरेका छन् । २०१८ को विश्वकप विजेता एमबाप्पेलाई रोनाल्डोले विश्व फुटबलको वर्तमान र भविष्य दुवै भनेका छन् ।

हाल २१ वर्ष पुगेका एमबाप्पे शानदार तथ्यांक बनाउँदै अघि बढिरहेका छन् । हाल पिएसजीबाट खेलिरहेका उनलाई स्पेनिस क्लब रियल मड्रिडले भित्र्याउने योजना बनाएको छ । र, एमबाप्पे ढिलो–चाँडो रियलका खेलाडी हुनेछन् ।

रोनाल्डोले हालै ‘मार्सा’ सँग कुरा गर्दै एमबाप्पेको खुलेर तारिफ गरेका छन् । उनले भनेका छन्, ‘एमबाप्पे विश्व फुटबलका लागि वर्तनमान र भविष्य दुवै हुन् । एक उत्कृष्ट खेलाडी हुन् । उनको द्रुत गतिले पनि उनलाई अझै माथि लैजानेमा म ढुक्क छु ।’

रोनाल्डोले यदि एमबाप्पे कुनै दिन रियल मड्रिडबाट खेले त्यो उनका लागि राम्रो हुने बताए । ‘उनीजस्ता खेलाडीका लागि मड्रिड सही क्लब हो । यदि उनले त्यहाँबाट खेले भने उनका लागि धेरै राम्रो हुनेछ,’ रोनाल्डोले थपे ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार १८:०६
Loading...