च्याम्पियन्स लिग : टोटनह्यामलाई लेइपजिगले उसकै घरमा हरायो

काठमाडौं, फागुन ८
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लेइपजिगले गत सिजनको फाइनालिस्ट इंग्लिस क्लब टोटनह्यामलाई हराएको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको भएको अन्तिम १६ को पहिलो लेगको खेलमा लेइपजिगले टोटनह्यामलाई उसकै घरेलु मैदानमा ०–१ ले स्तब्ध बनायो ।

निकै प्रतिस्र्धात्मक खेलको पहिलो हाफमा ०–० मा सकिएको थियो । तर, दोस्रो हाफमा लेइपजिगले पेनाल्टी गोलबाट खेलमा अग्रता लियो । ५८औं मिनेटमा बक्समा टोटनह्यामका डिफेन्डरले लेइपजिगका खेलाडीलाई लडाएपछि रेफ्रीले सोझै पेनाल्टी दिएका थिए ।

जसमा जर्मन युवा खेलाडी टिमो वार्नरले कुनै गल्ती नगरी गोल गरेर टिमलाई अग्रता दिलाए । त्यसपछि बाँकी समयभरि घेलु टोली टोटनह्याम खेलमा फर्किन सकेन । र, खेल खेल लेइपजिगले ०–१ ले जित्यो ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०३:३८
Loading...