पहिलो हाफमा भ्यालेन्सियाविरुद्ध एट्लान्टा २–० ले अघि : टोटनह्याम र लेइपजिग बराबरीमा

काठमाडौं, फागुन ८
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत अहिले पहिलो लेगको खेलमा एकसाथ दुई खेल जारी छन् । एक खेलमा इटालियन एट्लान्टा र स्पेनिस भ्यालेन्सियाको खेल जारी छ भने अर्को खेलमा जर्मन क्लब आरबी लेइपजिग र इंग्लिस क्लब टोटनह्यामको खेल जारी छ ।

आफ्नो घरमा जारी खेलमा एट्लान्टाले पहिलो हाफमा पाहुना टोली भ्यालेन्सियाविरुद्ध २–० को सहज अग्रता लिएको छ । एट्लान्टाका लागि पहिलो गोल खेलको १६औं मिनेटमा ह्यान्स हाटेबरले गरेका थिए । त्यसपछि ४२औं मिनेटमा जोसिप लिल्लिसिचले शानदार प्रहारमा गोल गरेपछि पहिलो हाफमा एट्लान्टा २–० ले अघि भयो ।

यता, अर्को खेलमा इंग्लिस क्लब टोटनह्या आफ्नै घरमा गोलविहीन छ । टोलीका प्रमुख फरवार्ड ह्यारी केन र सनबिनै खेलिरहेको टोटनह्यामले पहिलो हाफमा गोल निकाल्न सकेन ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०२:३३
Loading...