च्याम्पियन्स लिग : घरेलु मैदानमा एथ्लेटिको मड्रिडले लिभरपुललाई हरायो

काठमाडौं, फागुन ७
गत सिजनको च्याम्पियन इंग्लिस क्लब लिभरपुल जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा पराजित भएको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको होम म्याचमा एथ्लेटिकोले साबिक विजेता तथा यो सिजनको समेत प्रमुख दाबेदार रहेको लिभरपुललाई १–० ले स्तब्ध बनायो ।

एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिसानो रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि खेल सुरु भएको चौथो मिनेटमै साउलले बक्स भित्रबाट हलुका टचमा गोल गरेका थिए ।

त्यसपछि खेलभरि नै दुवै पक्षबाट थप गोल नभएपछि खेल एथ्लेटिकोले १–० ले जित्यो । अब लिभरपुलमाथि आफ्नो घरमा हुने दोस्रो लेगबाट नतिजा उल्टाउनुपर्ने दबाब हुनेछ ।

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार ०३:४३
Loading...