पहिलो हाफमा लिभरपुलविरुद्ध एथ्लेटिको १–० ले अघि : पिएसजी र डर्टमुन्ड बराबरीमा

काठमाडौं, फागुन ७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत अहिले पहिलो लेगको खेलमा एकसाथ दुई खेल जारी छन् । एक खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र इंग्लिस क्लब लिभरपुल खेलिरहेका छन् ।

एथ्लेटिकोको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा एथ्लेटिकोले १–० को अग्रता लिएको छ । एथ्लेटिकोका लागि खेल सुरु भएको चौथो मिनेटमै साउलले बक्स भित्रबाट हलुका टचमा गोल गरेका थिए ।

पहिलो हाफमा एथ्लेटिको आफ्नो घरमा आक्रामक खेल खेल्यो । बल लिभरपुलले ७६ प्रतिशत आफ्नो पक्षमा राखे पनि उसले एल्थेटिकोको पोस्टमा अन टार्गेट एउटा पनि सट हान्न सकेन । तर, एथ्लेटिकोले ४ प्रहारमा २ प्रहार टार्गेटमा हान्यो भने १ गोल पनि निकाल्यो ।

यता, अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पिएसजीको खेल जारी छ । डर्टमुन्डको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ ०–० मा सकिएको छ ।

आफ्नो घरमा डर्टमुन्डले प्रभाज जमाएर खेलिरहेको छ । पहिलो हाफमा उसले पिएसजीविरुद्ध कूल ७ प्रहार गर्दा एक टार्गेटमा हान्यो । तर, पिएसजीले मात्रै २ पटक आक्रमण गर्दा उसका दुवै प्रहार अफ् टार्गेट थिए ।

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार ०२:३१
Loading...