च्याम्पियन्स लिगमा आजदेखि अन्तिम १६ का खेल हुँदै

काठमाडौं, फागुन ६
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज रातिबाट अन्तिम १६ का खेल सुरु हुँदैछन् । लिग फुटबल विश्राम भएपछि युरोपियन प्रतियोगिता सुरु हुन लागेको हो । आज पहिलो दिन दुई खेल मात्रै हुनेछन् ।

आज हुने पहिलो खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र साबिक विजेता इंग्लिस क्लब लिभरपुलको भिडन्त हुनेछ । अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पिएसजीको रोमाञ्चक खेल हुनेछ । आज यी दुई खेल भएपछि अरू दुई खेल अर्को दिन हुनेछन् । त्यसपछि एक साताका लागि पुनः विश्राम हुनेछ ।

आज एथ्लेटिको र लिभरपुलबीच हुने पहिलो खेल राति १ः४५ बजेबाट सुरु हुनेछ । डर्टमुन्ड र पिएसजीबीच हुने दोस्रो खेल पनि सोही समयमा एकसाथ सुरु हुनेछ ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार १०:१८
Loading...