मेस्सी बने पहिलोपटक ‘लाउरेस स्पोर्ट्सम्यान अवार्ड’ जित्ने फुटबलर

काठमाडौं, फागुन ६
स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले वर्ष २०१९ का लागि प्रतिष्ठित ‘लाउरेस स्पोर्ट्सम्यान अफ् द इयर अवार्ड फर २०१९’ जितेका छन् । यससँगै मेस्सी यो अवार्ड जित्ने फहिलो फुटबल खेलाडी पनि बनेका छन् । यसअघि फुटबल विधाबाट कसैले पनि यो अवार्ड जितेका थिएनन् ।

यो अवार्ड संयुक्त रूपमा दुईजना खेलाडीाई दिइएको छ । फुटबल विधाबाट मेस्सी र रासिङ ड्राइभर लेविस ह्यामिल्टनलाई अवार्ड प्रदान गरिएको हो । सोमबार अवार्ड घोषणा हुँदा मेस्सी अवार्ड वितरण सभामा उपस्थित थिएनन् । तर, उनले भिडियोमार्फत् आफ्नो सन्देश भने संप्रेषण गरेका थिए ।

वर्ष २०१९ मा छैटौंपटक बालोन डि‘ओर जितका मेस्सीको अवार्ड क्याबिनेटमा अर्को महत्त्वपूर्ण अवार्ड थपिँदा मेस्सीले खुसी व्यक्त गरेका छन् । अवार्ड जितेपछि पठाएको भिडियो सन्देशमा मेस्सीले आफू पहिलोपटक लाउरेस अवार्ड जित्ने फुटबलर बन्न पाउँदा सम्मानित अनुभूत भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

‘पहिलोपटक लाउरेस अवार्ड जित्ने फुटबलर बन्न पाउँदा मैले आफूलाई सम्मानित अनुभूत गरेको छु । मलाई भोट गर्ने सबै र संस्थालाई धन्यवाद दिन चाहन्छु,’ मेस्सीले भिडियो सन्देशमा भनेका छन् ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार ०८:३८
Loading...