प्रिमियर लिगमा आज चेल्सी र युनाइटेडको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, फागुन ५
इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति एक रोमाञ्चक खेल हुँदैछ, जहाँ चौथो स्थानको चेल्सी र नवौं स्थानको म्यानचेस्टर युनाइटेड आमनेसामने हुँदैछन् । खेल चेल्सीको घरेलु मैदानमा राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि सिजनको पहिलो खेलमा युनाइटेडले चेल्सीलाई आफ्नो घरमा ४–० को फराकिलो अन्तरले हराएको थियो । आज आफ्नो घरमा युनाइटेडलाई स्वागत गर्दा चेल्सी सो हारको बदला लिने दाउमा हुनेछ भने युनाइटेड लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

हाल अंक तालिकामा चेल्सी २५ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा रहेको छ । ऊ एक खेल बढी खेलेको तेस्रो स्थानको लेस्टर सिटी ९ अंकले पछि छ । यता, युनाइटेड भने हाल २५ खेलबाट ३५ अंकहित नवौं स्थानमा छ । आज राति चेल्सीको घरमा स्पष्ट जित निकाले युनाइटेड सातौं स्थानमा चढ्नेछ ।

प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १६:२०
Loading...