च्याम्पियन्स लिगका लागि रोनाल्डोलाई आराम : चिलिनी ६ महिनापछि मैदान फर्किंदै

एजेन्सी, फागुन ४
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई घरेलु लिगमा आज हुने ब्रेसियाविरुद्धको खेलमा टोलीबाहिर राखिएको छ । पछिल्लो समय लगातार टोलीमा रहेर पूरा समय खेल्दै आएका उनलाई च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलका तयारीनिम्ति दिइएको हो ।

युभेन्टसले सिरी ए लिगमा आज राति आफ्नो घरमा ब्रेसियाविरुद्ध खेल्दैछ । सो खेल खेल्ने टोलीमा रोनाल्डो छैनन् । तर, ६ महिनादेखि चोटका कारण बाहिर रहेका कप्तान जर्जियो चिलिनी भने यसै खेलबाट मैदान फर्किने भएका छन् । सार्वजनिक टोलीमा भेट्रान डिफेन्डरले पुनरागमन गरेका छन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै प्रशिक्षक सार्रीले रोनाल्डोले लगातार खेल्दै आएकाले उनलाई आपसी सल्लाहमै आराम दिइएको बताए । ‘उनलाई आरामको जरुरत छ । किनभने, उनी लगातार खेल्दै आएका छन्,’ सार्रीले भने, ‘च्याम्पियन्स लिगका लागि तयार रहन र शारीरिक रूपमा फिट रहन उनी आफैंले आराम लिएका हुन् ।’

सार्रीले चिलिनीले ब्रेसियाविरुद्धको खेलमा पुनरागमन गर्न सक्ने बताए । ‘उनले प्रशिक्षण राम्रोसँग पूरा गरेका छन् । अहिले नै मैले निर्णय गरिसकेको छैन । तर, उनले ब्रेसियाविरुद्ध घरेलु मैदानमा पुनरागमन गर्न सक्नेछन्,’ सार्रीले भने ।

आज ब्रेसिविरुद्ध खेलेपछि युभेन्टसले फेब्रअुरी २२ मा लिगमै एसपिएलसँग खेल्नेछ । त्यसछि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब लियोनसँग उसैको घरमा खेल्नेछ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार ११:२६
Loading...