८ गोलको वर्षा : पिएसजी रेलिगेसन जोनको टिमसँग बराबरीमा रोकियो

काठमाडौं, फागुन ४
दुवै पक्षबाट गरी ८ गोलको वर्षा भएको खेलमा फ्रेन्च क्लब पिएसजी घरेलु लिग वानमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पिएसजीलाई एमिन्ज एससीले ४–४ को बराबरीमा रोकेको हो ।

आफ्नो घरमा एमिन्जले ४०औं मिनेटमा पुग्दा ३–० को सहज अग्रता लिए पनि दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । आफ्नो घरमा एमिन्जका लागि खेलको पाँचौं मिनेटमा सोरहोऊ गुइराजीले पहिलो गोल गर्दा २९औं मिनेटमा गाइल काकुटाले दोस्रो गोल गरे ।

त्यसपछि खेलको ४०औं मिनेटमा फोउस्सेन डाईबाटोले गोल गरेर अग्रता ३–० बनाए पनि ४५औं मिनेटमा पिएसजीका लागि एन्डर हेरेराले गोल गर्दै पहिलो हाफमा खेल ३–१ बनाए ।

त्यसपछि दोस्रो हाफमा पिएसजी खेलमा फर्कियो । जहाँ खेलको ६०औं र ६५औं मिनेटमा गरी टाङ्गाए कोउसायीले लगातार गोल गरेर खेल ३–३ को बराबरी बनाए । त्यसपछि ७४औं मिनेटमा माउरो इकार्डीले गोल गरेर पिउएजीलाई जितको बाटो देखाए पनि इन्जुरी समयको पहिलो मिनेटमा एमिन्जका लागि सेरहाऊले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एमिन्जले खेल ४–४ को बराबरीमा टुंगायो ।

अब यो बराबरीपछि पिएसजीले २५ खेलबाट ६२ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा छ । रेलिगेसन जोनको एमिन्जको खातामा २१ अंक छ । ऊ १९औं स्थानमा छ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार ००:२७
Loading...