बार्सिलोना भर्सेस गेटाफे : पहिलो हाफमा बार्सिलोना २–० ले अघि

काठमाडौं, फागुन ३
स्पेनिस ला लिगा फुटबलमा अहिले लिगको २४औं साताको खेलमा बार्सिलोना र गेटाफेको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जारी खेलको पहिलो हाफमा घरेलु टोली बार्सिलोनाले पाहुना टोली गेटाफेविरुद्ध २–० को अग्रता लिएको छ ।

घरेलु दर्शकमाझ खेलिरहेको बार्सिलोनाले खेलको २३औं मिनेटमा गोल खाएको थियो । कर्नरमा गेटाफेले गोल गरे पनि सो गोल हुनेक्रममा गेटाफेका खेलाडीले बार्सिलोनाका डिफेन्डर सामुएल उम्टिटीमाथि फउल गरेपछि भिएआरबाट सो गोल रद्द भएको थियो ।

तर, त्यसछि बार्सिलोनाले आफ्नो गोलको खाता खोल्यो । ३३औं मिनेटमा एन्टोनी ग्रीजम्यानले सुन्दर फिनिसिङमा गोल गरे । उनले कपतान लिओनल मेस्सीको पासमा गोल गरेका थिए । यसँगै मेस्सीले ला लिगामा जारी सिजन कूल १२ असिस्ट पूरा गरेका छन् ।

त्यसपछि खेलको ३९औं मिनेटमा बार्सिलोनाका लागि सब्सिच्युट खेलाडी जुनियर फिर्पोको पासमा सर्जियो रोवेर्टोले गोल गरेपछि बार्सिलोनाले पहलो हाफमा २–० को अग्रता बनायो ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार २१:३२
Loading...