गेटाफेविरुद्ध भिड्ने बार्सिलोनाको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, फागुन ३
स्पेनिस ला लिगा फुटबलमा अबको केहीबेर ८ः४५ बजेबाट बार्सिलोना र गेटाफेको खेल हुँदैछ । लिगको २४औं साताको खेल खेल्न बार्सिलोनाले प्लेइङ–११ घोषणा गरेको छ । आफ्नो घरमा हुने खेलका लागि प्रशिक्षक क्विके सेटिनले कप्तान लिओनल मेस्सीसहितका प्रमुख खेलाडीलाई सुआतबाटै उतार्दैछन् ।

गोलपोस्ट मार्क आन्द्रे टर स्टेगेनले सम्हाल्नेछन् भने रक्षापंक्तिमा जेरार्ड पिके र जोर्डी अल्बासहितका खेलाडी छन् । मिडफिल्डमा फ्रेन्की डे जोङ, अर्थुरलगायत खेलाडी छन् । आक्रमण लाइनमा मेस्सीलाई एनटोनी ग्रीजम्यान र अन्सु फातीले सघाउनेछन् ।

 

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार १९:४४
Loading...