घाइते नेइमार कहिलेबाट फर्किंदैछन् मैदान ?

एजेन्सी, फागुन ३
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलबाट मैदान फर्किने भएका छन् । लिग वानमा शनिबार एमेन्ससँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थोमस टुचेलले नेइमार च्याम्पियन्स लिगको खेलबाट मैदान फर्किने सम्भावना प्रबल रहेको बताए ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा मंगलबार राति पिएसजीले अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डको सामना गर्दैछ । सो खेलमा नेइमार मैदान फर्किने टुचेलले बताए । ‘नेइमारको विषयमा हामीले डाक्टरको टोलीसँग छलफल गर्नेछौं,’ टुचेलले भने, ‘मलाई लाग्छ, डर्टमुन्डविरुद्ध उनी हामीसँग हुनेछन् ।’

टुचेलले नेइमारलाई अघिल्ला खेलमा राखेर जोखिम मोल्न आफूले नचाहेको बताए । ‘उनी खेल्न तयार थिए । तर, डाक्टरको पासबिना मैले निर्णय लिन सकिनँ । तर, ब उनी लगभग तयार छन्,’ टुचेलले थपे ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार १६:३८
Loading...