ला लिगा : आज दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको गेटाफे भिड्दै

काठमाडौं, फागुन ३
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज चार खेलहरू हुँदैछन् । त्यसमध्ये आज बार्सिलोना र गेटाफेको खेल आकर्षणको खेल हुनेछ । यो खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

अंक तालिकामा हाल बार्सिलोना २३ खेलपछि ४९ अंक बनाएर दोस्रो स्थानमा छ । ऊ लिग लिडर रियल मड्रिडभन्दा ३ अंकले पछि छ । आज बार्सिलोनाको घरमा उत्रिन लागेको गेटाफे अंक तालिकाको तेस्रो स्थानमा छ । उसको खातामा ४२ अंक छ ।

बार्सिलोना आज आफ्नो घरेलु मैदानमा उत्रिँदा सबै प्रमुख खेलाडी उपलब्ध छन् । यसअघि घाइते भएका दोस्रो रोजाइका गोलकिपर नेटो मेडिकल पास पाएर टोलीमा फर्किएका छन् । यसअघि प्रतिबन्धमा रहेका डिफेन्डर जेरार्ड पिके पनि पनि टोलीमा फर्किएका छन् ।

लिग लिडर रियलसँग अंक बराबरी गर्न पनि बार्सिलोनाका लागि आज यो खेल ज्यादै महत्त्वपूर्ण छ । पराजित भए वा बराबरीमा रोकिएको यसको प्रत्यक्ष फाइदा रियललाई पुग्नेछ ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार ०९:३५
Loading...