युइएफएद्वारा सिटीमाथि दुई सिजन च्याम्पियन्स लिगमा प्रतिबन्धको फैसला !

एजेन्सी, फागुन ३
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि दुई सिजन कुनै पनि युरोपियन प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्धको फैसला गरेको छ । शनिबार युइएफएले अफिसियल रूपमा प्रिमियर लिगको साबिक विजेता सिटीमाथि यो सिजनपछिका दुई सिजन च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

कडा कारबाहीसँगै सिटीबाट ३० मिलियन युरो जरिमाना भराउने फैसला पनि युइएफएले गरेको छ । सिटीले ‘फाइनानसियल फेयर प्ले’ नियम उल्लघंन गरेको आरोप करिब दुई वर्ष लामो छानबिनबाट प्रमाणित भएपछि सिटीमाथि कारबाहीको फैसला भएको हो । युइएफएले अघिल्लो वर्षबाटै यस विषयमा छाननिब गरिरहेको थियो ।

यससँगै सिटीले च्याम्पियन्स लिगको सिजन २०२०–२१ र र सिजन २०२१–२२ खेल पाउनेछैन । तर, जारी सिजन भने उसले खेल्न पाउनेछ । यो सिजन सिटीले अन्तिम १६ मा स्पेनिस क्लब रियल मड्रिड प्रतिस्पर्धी पाएको छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार ००:३९
Loading...