भारतीय लिगमा नेपालकी सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

काठमाडौं, फागुन २
भारतीय हिरो महिला लिग फुटबलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) सर्वाधिक गोकलर्ता बनेकी छन् । लिग च्याम्पियन बन्न सफल गोकुलम केरेलाबाट खेलेकी सावित्रा प्रतियोगिताभर १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी हुन् । उनले ७ खेलबाट १८ गोल गर्न सफल भएकी हुन् ।

यससँगै उनले सर्वाधिक गोलकर्ता खेलाडीको हैसियतमा अवार्डसमेत जितिन् । सँगै उनले १ लाख भारतीय रुपैयाँ पुरस्कारसमेत जितिन् । बैंगलोरमा शुक्रबार भएको फाइनल भिडन्तमा क्रिप्सा एफसीलाई ३–२ गोल हराएर गोकुलमले उपाधि जित्दा सावित्राले टिमका लागि विजयी गोल गरेकी थिइन् ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार २१:०८
Loading...