चेल्सीले भित्र्यायो आयाक्सका युवा स्टार

एजेन्सी, फागुन १
इंग्लिस क्लब चेल्सीले डच क्लब आयाक्सबाट नयाँ खेलाडी भित्र्याएको छ । आयाक्सले आज अफिसियल रूपमा प्रेस नोट जारी गर्दै आफ्ना युवा खेलाडी हाकिम जियाचलाई चेल्सीले अनुबन्ध गरेको पुष्टि गरेको हो ।

हाकिम आयाक्सका प्रमुख अट्याकिङ मिडफिल्डर हुन् । नेदरल्यान्ड्समा जन्मिएर मोरक्कोमा हुर्किएका जियाच हाल २६ वर्षका भए । उनलाई भित्र्याउन चेल्सीले ४० मिलियन युरो खर्चिएको छ । दुई क्लबीच खेलाडी किनबेचमा अहिले सम्झौता भए पनि जियाच आगामी समरमा मात्रै चेल्सी पुग्नेछन् । यो सिजनभर उनी आयाक्सकै खेलाडी हुनेछन् ।

जारी सिजन आयाक्सका लागि जियाचले सबैखाले प्रतियोगिताबाट कुल २९ खेल खेल्दै ९ गोल गर्दा १२ गोलमा असिस्ट गरेका छन् । उनी अट्याकिङ मिडफिल्डमा प्रभाशाली खेलाडी मानिन्छन् ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार २०:५५
Loading...