‘बार्सिलोनाका खेलाडी मेस्सीलाई बल पास दिन्छन् र चमत्कार पर्खेर बस्छन्’

एजेन्सी, फागुन १
इटालियन प्रशिक्षक फाबियो कापेल्लोले स्पेनिस क्लब बार्सिलोना टोलीका प्रमुख फरवार्ड लिओनल मेस्सीको चमत्कारमा टिकेको बताएका छन् । उनले हाले एक अन्तर्वार्तामा बोल्दै बार्सिलोनाले पछिल्ला वर्ष खेलिरहेको फुटबलको आलोचना गरो छन् । उनले बार्सिलोना अहिले पनि कमजोर अवस्थामा रहेको र उपाधि जित्न योग्य नरहेको बताए ।

कापेल्लोले बार्सिलोनाका सबैजसो खेलाडी मेस्सीलाई बल पास दिएर उनले केही चमत्कार गरिहाल्छन् कि भनेर पर्खेर बस्ने गरेको बताए । ‘अन्य खेलाडी मेस्सीलाई बल पास दिन्छन् र मेस्सीले चमत्कार गर्ने क्षण पर्खेर बसिरहेको देखिन्छ, एक टिमका लागि यो टीठलाग्दो हो,’ कापेल्लोले भनेका छन्, ‘यसरी तपाईं खेल जित्न सक्नुहुन्छ तर उपाधि होइन ।’

फाबियोले हालका प्रशिक्षक क्विके सेटिन बार्सिलोनाका लागि सही प्रशिक्षक नरहेको पनि बताए । ‘क्विके सेटिनप्रति मेरो सम्मान छ । तर, बार्सिलोनाजस्तो उत्कृष्ट टिम सम्हाल्ने प्रशिक्षकले आफ्ना खेलाडीका स्वभाव र खेल शैली राम्रोसँग बुझेको हुनुपर्छ,’ कापेल्लोले भने ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार १९:०५
Loading...