फ्रेन्च कप : डिजोनको पोस्टमा पिएसजीको आधा दर्जन गोल

काठमाडौं, फागुन १
फ्रेन्च कप फुटबलमा पिएसजीले फराकिलो जित निकालेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा पिएसजीले डिजोन एफसीलाई उसकै घरेलु मैदानमा १–६ को फराकिलो अन्तरले स्तब्ध बनायो । यससँगै पिएसजी सेमिफाइनल प्रवेश गरेको छ ।

डिजोनको घरमा पिएसजीलाई जिताउन २ जना खेलाडीले १–१ गोल गरे भने पाब्लो सराबियाले २ गोल गरे । २ गोल भने डिजोनले आत्मघाती गरेको थियो । पिएसजीले खेल सुरु भएको पहिलो मिनेटमै आत्मघाती गोलबाट अग्रता लिएको थियो । सो गोल विस्ले लाउटाओले गरेका थिए ।

त्यसपछि खेलको १३औं मिनेटमा डिजोनका लागि मुनिएर चोउआएरले गोल गरेर खेल १–१ बनाए पनि ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पहिलो हाफमा पिएसजीले १–२ को अग्रता बनायो ।

त्यसपछि खेलको ५०औं मिनेटमा थिगायो सिल्भाले गोल गर्दा ५५औं मिनेटमा सराबियाले गोल गरे । फेरि खेलको ८६औं मिनेटमा डिजोनका सेनोऊले आत्मघाती गोल गरे भने इन्जुरी समयमा सराबियाले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल पिएसजीले १–६ ले जित्यो ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार ०८:१९
Loading...