कोपा इटालिया सेमिफाइनल : नापोलीले इन्टर मिलानलाई उसकै घरमा हरायो

काठमाडौं, फागुन १
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको सेमिफाइनल खेलमा नापोलीले इन्टर मिलानलाई उसकै घरेलु मैदानमा हराएको छ । गत राति भएको सेमिफाइनलको पहिलो लेगको खेलमा नापोलीले मिलानलाई घरेलु मैदानमा ०–१ ले स्तब्ध बनायो ।

हाल सिरी ए लिगको १०औं स्थानमा रहेर संघर्ष गरिरहेको नापोलीले लिग लिडर मिलानलाई अवे मैदानमा हराएर फाइनल पुग्ने सम्भावना बढाएको छ । अब दोस्रो लेग नापोलीको घरमा हनेछ । यदि मिलानले दोस्रो लेगमा नतिजा उल्टाउन नसके नापोली फाइनल पुग्नेछ ।

आफ्नो घरमा मिलानले पाहुना टोली नापोलीमाथि आक्रामक खेल खेले पनि उसले गोल निकाल्न सकेन । पहिलो हाफ ०–० मा सकिएकोमा दोस्रो हाफमा नापोलीले गोल हान्यो । खेलको ५७औं मिनेटमा फाबिएन रुइज पेनाले पोस्ट नजिकैबाट विपक्षी डिफेन्डरलाई छलाउँदै हानेको प्रहारले सुन्दर ढंगले जाली चुमेपछि खेलमा नापोली ०–१ ले अघि रह्यो ।

त्यसपछि बाँकी समयमा नापोली खेलमा फर्किन नसकेपछि नापोली विजयी भयो । अब मिलान र नापोलीको दोस्रो लेगको खेल मार्च ५ तारिखमा नापोलीको घरमा हुनेछ ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार ०७:५७
Loading...