मेस्सीलाई पछि पार्दै सालाह पहिलो नम्बरमा !

एजेन्सी, माघ २९
स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीलाई इंग्लिस लिभरपुलका फरवार्ड मोहमद सालाह सर्वाधिक मूल्यवान् खेलाडीको सूचीमा पछि पारेको एक अध्ययनले देखाएको छ । चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ का अनुसार यो समयका सर्वाधिक मूल्यवान् खेलाडीमा मेस्सीभन्दा सालाह अगाडि देखिएका छन् ।

लिभरपुल तथा इजिप्टका फरवार्ड सालाहेको हालको मूल्य १५० मिलियन युरो बराबर पुगेको बताइएको छ । तर, बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड मेस्सीको १४० मिलियन युरो बराबरको रहेको छ । यसअघि सन् २०१८ मा मेस्सीको बजार मूल्य १८० मिलियन युरो रहेकोमा यसपटक घटेर ४० मिलियन घटेर १४० मिलियनमा आइपुगेको हो । तर, सालाहको मूल्य भने बढेको छ ।

जारी सिजन मेस्सीले सबैखाले प्रतियोगिताबाट गरी २६ खेल खेल्दै १९ गोल गरेका छन् भने १५ गोलमा असिस्ट गरेका छन् । यता, सलाहले ३३ खेलबाट १८ गोल गर्दै ९ गोलमा असिस्ट गरेका छन् ।

यस्तो छ सूची :

प्रकाशित मिति २९ माघ २०७६, बुधबार २१:२७
Loading...