नेइमारले फ्रेन्च कपको क्वार्टरफाइनल खेल गुमाउने

एजेन्सी, माघ २८
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन फरवार्ड नेइमारले फ्रेन्च कप फुटबलमा क्वार्टरफाइनल खेल गुमाउने भएका छन् । चोटका कारण उनले सो खेल गुमाउने प्रशिक्षक थोमस टुचेलले पुष्टि गरेका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षकले नेइमारको अवस्थाबारे जानकारी दिएका थिए ।

नेइमार माघ १९ गते लिग वानमा मोन्टपेलियरविरुद्धको खेल दौरान घाइते भएका थिए । उनी २८औं जन्मदिनभन्दा केही दिन अघिघाइते भएका थिए । पिएसजीले भोलि (बुधबार) कपको अन्तिम आठमा डिजोनसँग सेमिफाइनल जान निर्णायक खेल खेल्दैछ । सो खेलमा पिएसजी नेइमारबिनै खेल्नेछ ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार २२:०२
Loading...