इम्मोबाइल युरोपको नम्बर वान : वार्नर दोस्रोमा !

काठमाडौं, माघ २८
जारी सिजन युरोपियन टप–५ लिगमा हालसम्मको ताजा अवस्थामा सर्वाधिक गोल प्लस असिस्ट संख्यामा इटालियन क्लब लाजियोका सिरो इम्मोबाइल सबैभन्दा अगाडि रहेका छन् । युरोपियन गोल्डेन बुटका प्रमुख दाबेदार फरवार्ड उनले सिरी ‘ए’ मा गोल मात्रै २५ पूरा गरेका छन् । ताजा अवस्थामा उनले युरोपियन लिग खेल्ने अन्य ठूला नाम र खेलाडीलाई समेत पछि पार्दै नम्बर वान स्थानमा छन् ।

सिरो युरोपका सर्वाधिक गोलकर्ता भए पनि उनका नाममा असिस्ट भने ६ मात्रै छ । तर, यी दुवैको तथ्यांक (गोल प्लस असिस्ट) मा भने उनी नै सबैभन्दा अघि छन् । यो सिजन उनी लिगमा गोल र असिस्ट गरी कूल ३१ गोलमा सोझै सहभागी छन् ।

उनले स्पेनिस क्लब बार्सिलोनाका लिओनल मेस्सी, आफ्नै लिग प्रतिस्पर्धी युभेन्टसका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीजस्ता खेलाडीलाई पनि पछि पारेका छन् ।

उनीपछि जर्मन लिग बुन्डेसालिगा क्लब आरबी लेइपजिगका जर्मन फरवार्ड टिमो वार्नर छन् । उनले घरेलु लिगमा मात्रै २० गोल गरेका छन् भने असिस्ट संख्या ६ रहेको छ । जसमा गोल प्लस असिस्टसहित गरी उनी यो सिजन कूल २६ गोलमा सोझै सहभागी छन् ।

युरोपियन टप–५ लिगका सर्वाधिक गोलकर्ता :

सिरी ए – सिरो इम्मोबाइल (लाजियो) – २५ गोल

बुन्डेसलिगा – रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – २२ गोल

प्रिमियर लिग – जिमी भर्डी (लेस्टर सिटी) – १७ गोल

लिग वान – विसम बेन येडर (मोनाको) – १६ गोल

ला लिगा – लिओनल मेस्सी (बार्सिलोना) – १४ गोल

युरोपियन टप–५ लिगका सर्वाधिक असिस्टकर्ता

प्रिमियर लिग – केभिन डे ब्रुयाने (म्यानचेस्टर सिटी) – १५ असिस्ट

बुन्डेसलिगा – जाडोन सान्चो (बोरुसिया डर्टमुन्ड) – १३ असिस्ट

ला लिगा – लिओनल मेस्सी (बार्सिलोना) – ११ असिस्ट

लिग वान – एन्जल डि मारिया (पिएसजी) ११ असिस्ट

सिरी ए – एलेजान्ड्रो गोमेज (एट्लान्टा) – १० असिस्ट

युरोपियन टप–५ लिगमा सर्वाधिक ‘गोल प्लस असिस्ट’कर्ता

सिरो इम्मोबाइल (लाजियो) – ३१ (गोल २५, असिस्ट ६)

टिमो वार्नर (लेइपजिग) – २६ (गोल २०, असिस्ट ६)

रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – २५ (गोल २२, असिस्ट ३)

लिओनल मेस्सी (बार्सिलोना) – २५ (गोल १४, असिस्ट ११)

जाडोन सान्चो (बोरुसिया डर्टमुन्ड) – २५ (गोल १२, असिस्ट १३)

क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – २२ (गोल २०, असिस्ट २)

केभिन डे ब्रुयाने (म्यानचेस्टर सिटी) – २२ (गोल ७, असिस्ट १५)

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १५:११
Loading...