बेन्जेमाले तोडे रोनाल्डोको रेकर्ड

एजेन्सी, माघ २७
स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले आफ्ना पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोको एक रेकर्ड तोडेका छन् । बेन्जेमाले पोर्चुगिज फरवार्डले रियलमा बनाएको सर्वाधिक असिस्ट संख्याको रेकर्ड भंग गरेका हन् ।

रोनाल्डो सन् २००९ देखि २०१८ सम्म रियलमा रहँदा सर्वाधिक बढी १३१ असिस्ट गरेका थिए । उनी रियलको इतिहासमै सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी थिए । त्यत्ति मात्रै हैन, रोनाल्डो रियलको इतिहासमै सर्वाधिक ४५० गोल गर्ने खेलाडी पनि हुन् ।

तर, रियलले अघिल्लो दिन ला लिगामा ओसासुनालाई १–४ ले हराउनेक्रममा लुकास भासक्वेजको गोलमा असिस्ट गरेपछि बेन्जेमाले रोनाल्डोको रेकर्ड भंग गरेका हुन् । अब बेन्जेमाले रियलका लागि सबैखाले प्रतियोगिताबाट गरेको कूल असिस्ट संख्या १३२ पुगेको छ भने दोस्रो स्थानमा रहेका रोनाल्डोको नाममा १३१ असिस्ट छ ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार २०:३८
Loading...