रियलका गोलकिपर कोर्टुवा ‘प्लेयर अफ् द मन्थ’ घोषित

एजेन्सी, माघ २७
स्पेनिस लिग ला लिगाले जनवरी महिनाका लागि रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टुवालाई ‘प्लेयर अफ् द मन्थ’ घोषित गरेको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका बेल्जियन गोलकिपरले जनवरी महिनाका लागि लिगको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

यससँगै उनले रियल मड्रिड आइकन ला लिगामा पहिलोपटक यो अवार्ड जितेका हुन् । जनवरी महिनामा कोर्टुवाले कूल ३ खेल खेल्दा दुई खेलमा क्लिन सिट राख्दै मात्रै १ गोल खाएका थिए । जनवरी महिनामा उनले खेलेका खेल–

गेटाफे ० – ३ रियल मड्रिड

रियल मड्रिड २ – १ सेभिल्ला

भाल्लाडोलिड ० – १ रियल मड्रिड

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १९:०८
Loading...