यी हुन् यो सिजनका टप–५ असिस्टकर्ता खेलाडी

काठमाडौं, माघ २७
जारी सिजन २०१९–२० मा युरोपियन टप–५ लिगमा सर्वाधिक असिस्ट गर्ने खेलाडीमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डे ब्रुयाने सबैभन्दा अगाडि छन् । प्रिमियर लिगमा २५ खेल सकिँदा उनले २४ खेल खेल्दै १५ गोलमा असिस्ट पूरा गरेका छन्, जुन युरोपका शीर्ष लिगमा अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

बेल्जियमका खेलाडी डे ब्रुयानेले यो सिजन सिटीका लागि घरेलु लिगमा २४ खेलबाट ७ गोल गर्दै १५ गोलमा असिस्ट पूरा गरेका हुन् । समग्रमा उनले २० खेल खेले पनि अन्य प्रतियोगितामा भने गोल र असिस्ट दुवै गरेका छैनन् ।

डे ब्रुयानेपछि जर्मन लिग बुन्डेसलिगा खेलाडी बोरुसिया डर्टमुन्डका जाडोन सान्चो छन् । उनले यो सिजन १३ गोलमा असिस्ट पूरा गरिसकेका छन् । ताजा अवस्थामा युरोपका टप–५ लिगमा सम्बन्धित लिगमा टप असिस्टकर्ता खेलाडीले कम्तीमा १० असिस्ट पूरा गरेका छन् ।

लिगका आधारमा यी हुन् टप–५ असिस्टकर्ता खेलाडी :

प्रिमियर लिग – केभिन डे ब्रुयाने (म्यानचेस्टर सिटी) – १५ असिस्ट

बुन्डेसलिगा – जाडोन सान्चो (बोरुसिया डर्टमुन्ड) – १३ असिस्ट

ला लिगा – लिओनल मेस्सी (बार्सिलोना) – ११ असिस्ट

लिग वान – एजन्जल डि मारिया (पिएसजी) – ११ असिस्ट

सिरी ए – एलेजान्ड्रो गोमेज (एट्लान्टा) – १० असिस्ट

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १२:१६
Loading...