रियल बेटिस भर्सेस बार्सिलोना : पहिलो हाफमा २–२ को बराबरी !

काठमाडौं, माघ २७
स्पेनिस ला लिगा फुटबलमा अहिले रियल बेटिस र बार्सिलानाको खेल जारी छ । बेटिसको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको छ । घरेलु टोली बेटिसले खेल सुरु भएको छैटौं मिनेटमै पेनाल्टी गोलमार्फत् बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । बक्समा डिफेन्डर क्लेमेट लेङलेटले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरमार्फत् बेटिसलाई पेनाल्टीको मौका दिएका थिए, जसमा सर्जियो क्यानालेसले सहजै गोल गरेर टिमलाई १–० को अग्रता दिलाए ।

तर, बेटिसको अग्रता धेरैबेर टिकेन । गोल खाएको ३ मिनेटमै बार्सिलोनाले बराबरी गोल फर्कायो । कप्तान लिओनल मेस्सीले लामो दूरीबाट बक्समा दिएको पासमा फ्रेन्की डे जोङले सुन्दर फिनिसिङमा गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

त्यसपछि खेलको २६औं मिनेटमा बेटिसका लागि नविल फेकिरले सुन्दर गोल गरेर पहिलो हाफमा टिमलाई २–१ को अग्रता दिलाउन सफल भए । उनले बक्स बाहिरबाट हानेको लो प्रहारले सजिलै जाल चुमेको थियो । त्यसपछि पहिलो हाफमा थप समयमा बार्सिलोनाका लगि सर्जियो बुस्केट्सले गोल गरेपछि पहिलो हाफ २–२ मा सकियो ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०२:३३
Loading...