ओसासुना भर्सेस रियल मड्रिड : पहिलो हाफमा रियल १–२ ले अगाडि

काठमाडौं, माघ २६
स्पेनिस ला लिगा फुटबलमा अहिले लिग लिडर रियल मड्रिड र ओसासुनाको खेल जारी छ । ओसासुनाको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली रियलले १–२ को अग्रता लिएको छ । रियलले पछि परेको अवस्था उल्टाएर अग्रता लिएको हो ।

निकै रोमाञ्चक देखिएको खेलमा घरेलु टोली ओसासुनाले १४औं मिनेटमै रियलविरुद्ध अग्रता लिएको थियो । युनाई गार्सियाले बक्सभित्र पाएको पासमा हेडिङमार्फत् सुन्दर गोल गरेका थिए । तर, त्यसपछि रियल खेलमा फर्कियो ।

३३औं मिनेटमा रियलका लागि मिडफिल्डर इस्कोले भलीमा सुन्दर गोल गरेर खेल १–१ बनाए , लगत्तै ३८औं मिनेटमा कप्तान सर्जियो रामोसले हेडिङमार्फत् शानदार गोल गरे । कासेमिरोले बक्समा दिएको पासमा उनले विपक्षी डिफेन्डर र गोलकिपरलाई जिल्लाउँदै निकै शानदार हेडिङ गरेका थिए ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार २१:३१
Loading...