पाँच खेलपछि बेल रियलको टोलीमा फर्किए

एजेन्सी, माघ २६
स्पेनिस क्लब रियल मड्रिडका वेल्स स्टार ग्यारेथ बेल लामो समयपछि टोलीमा फर्किएका छन् । रियलले ला लिगामा आइतबार ओसासुनाविरुद्ध खेल्ने टोलीमा बेल पनि समावेश छन् । उनी पछिल्ला पाँच खेलछि टोलीमा फर्किएका हुन् ।

यसअघि बेल ठीकठाक भए पनि टोलीमा थिएनन् । उनी जनवरी महिनाबाटै टोलीबाहिर रहँदै आएका थिए । सो क्रममा उनले भाल्लाडोलिड, रियल जारागोजा, एथ्लेटिको मड्रिड र रियल सोसिडाडसँगको खेल गुमाएका थिए ।

बेल सुरुमा घाइते भएको भनिए पनि पछि फिट भइसकेपछि पनि टोलीमा नपर्दा प्रशिक्षक जिनेदिन जिदानसँगको खटपटका रूपमा चर्चा गरिएको थियो ।

रियलले आज अवे मैदानमा ला लिगाको २३औं खेल ओसासुनाविरुद्ध खेल्दैछ । सो खेलमा बेल मैदान उत्रिने सम्भावना छ । रियल आज यो खेल जितेर बार्सिलोनाले आजै राति आफ्नो खेल नखेल्दासम्म अंक दूरी ६ बनाउने दाउमा छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार १५:३२
Loading...