स्वर्ण विजेता खेलाडीले साढे ५ लाख पुरस्कार पाउने

काठमाडौं, माघ २६
अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही समयअघि सकिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने राष्ट्रिय फुटबल टिमका सदस्यलाई जनही साढे ५ लाखका दरले पुरस्कार दिने निर्णय गरेको छ । संघको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

साग फुटबलको फाइनलमा नेपालले भुटानलाई हराएर उपाधि जितेको थियो । यसअघि संघले खेलाडीलाई पुरस्कार दिने बताए पनि कति दिने भनेर निर्णय गरेको थिएन । तर, हालैको बैठकबाट टोलीका हरेक खेलाडीलाई जनही साढे ५ लाखका दरले पुरस्कार दिइने निर्णय भएको हो ।

यता, सागमा उपविजेता बनेको महिला फुटबल टोलीका सदस्यलाई पनि संघले जनही १ लाखका दरले पुरस्कार दिने भएो छ । सोही बैठकबाट संघले ‘बी’ डिभिजनको लिगको तयारीका लागि सबै क्लबलाई १० लाख रुपैयाँ खर्च दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार १५:३१
Loading...