रोनाल्डोको कीर्तिमानी १०औं खेलमा गोल तर युभेन्टस पराजित

काठमाडौं, माघ २६
टोलीका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सिरी ए घरेलु लिगमा लगातार १०औं खेलमा गोल गरेको खेलमा युभेन्टस पराजित भएको छ । रोनाल्डोले व्यक्तिगत रूपमा कीर्तिमानी १०औं खेलमा गोल गरे पनि टिम पनि अवे मैदानमा भेरोनासँग २–१ ले स्तब्ध बनेको हो ।

भेरोनाको घरमा युभेन्टसका लागि खेलको ६५औं मिनेटमा रोनाल्डोले उत्कृष्ट फिनिसिङमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यसपछि २ गोल खाएपछि उसले हार पन्छाउन सकेन । खेलको ७६औं मिनेटमा भेरोनाका लागि फाबियो बोरिनीले बराबरी गोल गर्दा ८६औं मिनेटमा गियामपालो पाजिनीले पेनाल्टीमार्फत् गोल गरेपछि खेल भेरोनाले २–१ ले जित्यो ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०३:४०
Loading...